सानिमा बैंकको प्रमुख कार्यकारी अधिकृतमा पाण्डे नियुक्त

काठमाडौं । सानिमा बैंकको प्रमुख कार्यकारी अधिकृतमा निश्चलराज पाण्डे नियुक्त भएका छन् ।

बैंकको सञ्चालक समिति बैठकले पाण्डेलाई चार वर्षका लागि प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको हो ।

बैंकका हालका प्रमुख कार्यकारी अधिकृत भुवन दाहाल आगामी ११ माघदेखि अवकास लिदैछन् । कार्यकाल पुरा गरेर बैंकबाट दाहाल बाहिरिने भएपछि पाण्डेलाई १२ माघदेखि लागू हुने गरी सञ्चालक समिति बैठकले सीईओमा नियुक्त गरेको छ ।

बैंकर्स संघको निवर्तमान अध्यक्ष समेत रहेका दाहाल भने दुई कार्यकाल पुरा गरेर बैंकबाट बाहिरिन लागेका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *