माओवादी केन्द्रको बागमती अध्यक्षमा सरल सहयात्री विजयी

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) वागमती प्रदेश समितिको अध्यक्षमा सरल सहयात्री पाैडेल विजयी भएका छन् । उनी निकटतम प्रतिद्वन्द्वी दिनानाथ गौतमलाई ७६ मतले हराउँदै अध्यक्षमा विजयी भएका हुन् ।

२ सय ६१ भोट खसेकोमा सहयात्रीले १६२ मत प्राप्त गरे । गौतमले ८६ मत मात्र पाए । अध्यक्षमा सहमति जुट्न नसक्दा सोमबार निर्वाचन भएको थियो ।

निर्वाचनबाट बागमती उपाध्यक्षमा रुपा महर्जन, रामप्रसाद ढुङ्गाना र प्रेम बहादुर पुलामी विजयी भएका छन् । अन्य ७ उम्मेदवारलाई पछि पार्दै यी तीन जना विजयी भएका हुन् । यसैगरी सचिव पदमा काभ्रेका इन्द्रबहादुर थिङ विजयी भएका छन् । सचिवका प्रतिस्पर्धीद्वय रामचन्द्र अधिकारी र धर्म डङ्गोललाई हराउँदै थिङ चुनिएका हुन् ।

यस्तै सहसचिवमा दलबहादुर बुर्लाकोटी, माधवप्रसाद लामिछाने र प्रकाश श्रेष्ठ विजयी भएका छन् भने कोषाध्यक्ष संगीता भट्टराई भएकी छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *