संसद् बैठकअघि सभामुख बोलाए कार्यव्यवस्था समितिको बैठक
मकालु खबर
२०७८ पुस ६ गते
काठमाडौं । प्रतिनिधिसभाको १०औँ अधिवेशनको दोस्रो बैठक आज बस्दैछ । संसद् बैठक दिउँसो १ बजेका लागि तय भएकोमा सभामुख अग्निप्रसाद सापकोटाले त्यसअघि प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका हुन् ।
बैठक बिहान साढे ११ बजे संसद भवन नयाँबानेश्वरस्थित शंकर हलमा बस्नेछ । बैठकमा सरकारले एमसीसी टेबुल गराउने तयारी गरेको भएपनि बैठकको सम्भावित कार्यसूचीमा एमसीसी परेको छैन । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले संसद्को नवौं अधिवेशनका सबै बैठक अवरुद्ध गरेको थियो ।
याे पनि : प्रतिनिधिसभा बैठक आज, यस्तो छ सम्भावित कार्यसूची
उसले १०औँ अधिवेशनका बैठक पनि चल्न नदिने रणनीति तय गरेको छ । मंसिर २८ गते बसेको १०औँ अधिवेशनको पहिलो बैठकमा पनि एमालेका सांसद्हरूले नाराबाजी गरेका थिए ।
मकालु खबर
२०७८ पुस ६ गते
प्रतिक्रिया
सम्बन्धित