पोखरा फाइनान्सको शेयर रजिष्ट्रारमा प्रभु क्यापिटल

काठमाडौं । प्रभु क्यापिटल लिमिटेड पोखरा फाइनान्स लिमिटेडको शेयर रजिष्ट्रारमा नियुक्त भएको छ ।

शेयर रजिस्ट्रार सम्बन्धी कार्य गर्नको लागि पोखरा फाइनान्स लिमिटेड र प्रभु क्यापिटल लिमिटेडबिच सम्झौता भएको हो ।

सम्झौतामा पोखरा फाइनान्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रवि चन्द्र गुरुङले र प्रभु क्यापिटलको तर्फबाट प्रमुख व्यापार अधिकृत बासूँ थपलियाले हस्ताक्षर गरेका छन् ।

सोमबार देखि लागू हुने गरी पोखरा फाइनान्सले प्रभु क्यापिटल लिमिटेडलाई शेयर रजिष्ट्रारमा नियुक्त गरेको हो ।

शेयर राजिष्ट्रारको रूपमा प्रभु क्यापिटलले पोखरा फाइनान्स लिमिटेडको धितो पत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिला खारेजी गर्ने, नामसारी तथा रोक्का राख्ने एवं सेयर धनीहरूको लगत अद्यावधिक गर्ने लगायतका कार्यहरू गर्ने जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *