सार्क ल नेपालले माग्यो प्रधान न्यायाधीशको राजीनामा

काठमाडौँ । सार्क ल नेपालले प्रधान न्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा मागेको छ । ल नेपालले विज्ञप्ति जारी गर्दै प्रधान न्यायाधीश जबराको राजीनामा मागेको हो । ‘यो वर्तमान जटिल अवस्थाको तत्काल अन्त्य गर्नका लागि प्रधान न्यायाधीश चालेन्द्रशम्शेर जबराको तत्काल बर्हिगमन हुनुपर्ने देखिएकाले निजबाटै राजीनामा दिनु समग्र न्यायपालिकाको स्वतत्रता, स्वच्छ र निष्पक्षताका लागि उचित हुन्छ,’ विज्ञप्तिमा भनिएको छ ।

सार्क ल नेपाल सार्क राष्ट्रका न्यायाधीश, कानून व्यवसायी, कानूनी क्षेत्रका प्राज्ञिक व्यक्तिहरूको संस्था हो, जसको अध्यक्ष सर्वोच्च अदालतका न्यायाधीश सपना मल्ल प्रधान आफैँ छिन् । यस्तै न्यायाधीशद्वय अनिलकुमार सिन्हा र हरि फुँयाल पनि सदस्य छन् ।

ल नेपालले जबराको बहिर्गमनका लागि संवैधानिक दायित्व निर्वाह गर्न संसद्, राजनीतिक दल र सरोकारवालाहरूलाई अपीलसमेत गरेको छ । प्रधान न्यायाधीश जबराको नेपाल बार एशोसिएशनदेखि पूर्वप्रधान न्यायाधीश फोरमले समेतले राजीनामा मागिसकेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *