मिलन पाण्डे पार्टीबाट निष्कासित

काठमाडौँ । विवेकशील साझा पार्टीले संयोजक मिलन पाण्डेलाई कारबाही गरेको छ । पार्टीको हित र विधानविपरीत कार्य गरेको भन्दै अध्यक्ष रवीन्द्र मिश्रले संयोजक पाण्डेलाई सदस्य पनि नरहनेगरी कारबाही गरेका हुन् ।

पार्टीको विधान २०७८ को भाग ७ (३१.१) को अधिकार प्रयोग गर्दै पाण्डेलाई कारबाही गरिएको प्रवक्ता शरदराज पाठकले जानकारी दिए ।

यसअघि पाण्डेले पार्टी सुदृढिकरणका लागि भन्दै समानान्तर कमिटी बनाएका थिए । अध्यक्ष मिश्रले पाण्डेसहितका नेताहरूलाई स्पष्टीकरण साेधेका थिए । स्पष्टीकरण बुझाउँदै पाण्डेले राजतन्त्र मान्न नसक्ने बताएका थिए । यसपछि थप चिढिएका मिश्रले पाण्डेलाई कारबाही गरेका हुन् ।

०७७ मंसिर २४ गते दाेस्राे पटक पुन:एकता गरेका विवेकशील र साझा पार्टी पुन: फुटउन्मुख बनेका हुन् । खासगरी अध्यक्ष मिश्रले ‘मार्ग परिवर्तन’ काे दस्तावेज सार्वजनिक गरेपछि सतहमा आएकाे विवाद पार्टीमा ज्यूँका त्यूँ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *