संसदीय रिपोर्टिङ्गमा रोक लगाइनु प्रेस स्वतन्त्रताविपरीत : संसदीय मामिला पत्रकार समाज

काठमाडौँ । संसदीय मामिला पत्रकार समाजले संसदीय रिपोर्टिङ्गमा रोक लगाइनु प्रेस स्वतन्त्रताविपरीत भएको बताएको छ । बुधबार बसेको संसद्को दशौं अधिवेशनको दोस्रो बैठकमा पत्रकारहरूलाई रिपाेर्टिङ्ग गर्न राेक लगाइएकाे थियाे । सपछि समाजले विज्ञप्ति नै जारी गरेर ध्यानाकर्षण भएकाे उल्लेख गर्दै राेक लगाइनु प्रेस स्वतन्त्रताविपरीत भएको जनाएको हो ।

यसअघि पत्रकारहरूलाई संसद् भवनकाे बाल्कोनीमा बसेर रिपोटिङ्ग गर्ने सुविधा दिइन्थ्यो । आज भने सुरक्षाकर्मीले पत्रकारहरूलाई छिर्न दिएका थिएनन् । समाजका सचिव जयसिंह महराद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘समाचार संकलनमा सहजीकरण गर्नुको साटो संघीय संसद् सचिवालयबाट पटक–पटक रोक लगाइनु दुःखद् हो । संसद् लोकतन्त्रको सर्वाेच्च थलो हो र यहाँ हुने प्रत्येक कुरा पारदर्शी रूपमा जनतामाझ पुग्नुपर्नेमा समाचार संकलनमै रोक लगाउँदा लोकतन्त्रको मूल्यमान्यता र प्रेस स्वतन्त्रतामा आँच आएको छ ।’

समाजले आउँदा दिनमा गल्ती नदोहोर्‍याउनसमेत संसद् सचिवालयलाई सचेत गराएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *