सभामुखलाई एमालेको आग्रह:

‘१४ जना सांसद निष्कासन भएको सूचना नँटास्ने भए मार्गप्रशस्त गर्नुस्’

काठमाडौं । प्रमुख प्रतिपक्षी एमालेले संसद्‌‌काे गतिरोध अन्त्यका लागि सभामुख अग्निप्रसाद सापकोटासामू दुईवटा विकल्प रहेको दाेहाेर्‍याएकाे छ । मंगलबार बसेको प्रतिनिधि सभाको कार्यव्यवस्था परामर्श समितिको बैठकमा भएको छलफलबारे जानकारी दिँदै एमालेका प्रमुख सचेतक विशाल भट्टराईले सभामुखसमक्ष दुईवटा विकल्प रहेको आफूहरूले सम्झाएको बताए ।

‘तपाईंका सामुन्नेमा दुईवटा  विकल्प छन् । एउटा तपाईंले यथाशीघ्र नेकपा एमालेले निष्कासन गरेका सांसदहरूकाे हकमा सूचना प्रकाशित गर्नुस् । विलम्ब भएपनि र गल्ती महसुस गर्नुस् । यदि त्यसो गर्न चाहनुहुन्न भने मार्गप्रशस्त गर्नुस्,’ सभामुखलाई गरेको आग्रह सुनाउँदै भट्टराईले भनेका छन् ।

एमाले आफैँ अन्यायमा परेको उल्लेख गर्दै उनले थपे, ‘…एमाले आजीवन जनताको न्यायका लागि लड्यो । अब आफैँलाई अन्याय हुँदा नलड्ने कुरो भएन ।’ आफूहरूले दिएकाे २ वटा विकल्पहरूमध्ये सभामुखले एउटा नराेजेसम्म संसद्‌काे एमालेकाे अवराेध रहने भट्टराईकाे भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *