पार्टीलाई एक ढिक्का बनाउनु पहिलो प्राथमिकता : शर्मा

काठमाडौँ । नेपाली कांग्रेसका नवनिर्वाचित महा मन्त्री विश्वप्रकाश शर्माले पार्टीलाई एक ढिक्का बनाउनु पहिलो प्राथमिकता भएको बताएका छन् ।

नेपाल प्रेस युनियनले आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रममा शर्माले महाधिवेशनका क्रममा आएका भावनालाई समेट्दै पार्टीलाई एकढिक्का बनाउनु पहिलो प्राथमिकता भएको बताएका हुन् ।

उनले आफ्नो जितले सम्पूर्ण कांग्रेसका कार्यकर्ता र शुभ चिन्तकको परिर्वतनको भावनालाई समेटेको बताउँदै विगतमा भन्दा धेरै काम गरेर पार्टीलाई बलियो बनाउनुपर्ने दायित्व रहेको जिकीर गरे । त्यस्तै उनले आसन्न स्थानीय तहको निर्वाचनबाट कांग्रेस पहिलो शक्ति हुने दाबी गरे ।

त्यस्तै कार्यक्रममा नव निर्वाचित केन्द्रीय सदस्य अजयबाबु सिवाकोटीले प्रेस स्वतन्त्रता र पत्रकारको हकहितमा सधैँ लागिरहने प्रतिवद्धता व्यक्त गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *