भेटिए ७ दिनदेखि सम्पर्कविहीन चन्द्रे कामी
सुर्खेत । अन्तरजातीय विवाह गरेपछि ७ दिनदेखि सम्पर्कविहीन हुम्लाका चन्द्रे कामी भेटिएका छन् । हुम्लाका डीएसपी हेरम्ब शर्माकाअनुसार गत मंसिर २९ गतेदेखि सम्पर्कविहीन कामी बिहान भेटिएका हुन् ।
उनको खोजीमा गएको प्रहरीले खार्पुनाथ गाउँपालिकामा फेला पारेको छ । ‘चन्द्रेको खोजीका लागि ४० जना प्रहरी परिचालन गरेका थियौँ । बिहान ८ बजे हिँडिरहेको अवस्थामा चन्द्रेलाई फेला पारिएका छौँ,’ डीएसपी शर्माले भने, ‘ उनलाई सदरमुकाम ल्याइँदैछौँ, बाँकी विवरण यहाँ ल्याएपछि मात्र थाहा हुन्छ ।’
यो पनि : अन्तरजातीय विवाह गरेका ‘चन्द्रे’ बेपत्ता भएको सात दिन बित्यो, खोज्न ४० प्रहरी परिचालन
हुम्लाको सर्केगाड गाउँपालिका-१ जैर गाउँका चन्द्रेले मंसिर ५ गते मुगुको सोरु गाउँपालिका- की १७ वर्षीय मल्ल थरकी किशोरीलाई भगाएपछि उनकाे माइती पक्षले २९ गते राती खोसेर लिएका थिए । त्यसै दिनदेखि चन्द्रे सम्पर्कविहिन थिए । किशाेरी र उनका बुवा प्रहरीको निगरानीमै छन् ।
थप :-
-अन्तरजातीय विवाह गरेका चन्द्रे सम्पर्कविहीन
-छोरो सम्पर्कविहीन भएदेखि आमाले खाएकी छैनन् खाना