नबिल बैंकद्वारा दराज तथा आइमार्कसँग नबिल स्मार्ट पोसको निम्ति साझेदारी

काठमाडौं । नबिल बैंकले दराज तथा आइमार्कसँग नबिल स्मार्ट पोसको सञ्चालनका लागि त्रिपक्षीय सम्झौता गरेको छ ।

आधुनिक प्रविधिमा आधारित नबिल स्मार्ट पोसद्वारा जुनसुकै बेला, जुनसुकै ठाउँबाट भुक्तानी दिन एवं स्वीकार गर्न सकिने बैंकले जनाएको छ ।

यस सम्झौता अन्तर्गत, दराज मार्फत किनमेल गर्ने ग्राहकहरूले नबिल स्मार्ट पोस भित्र उपलब्ध परिष्कृत स्मार्ट सुविधाहरू मार्फत भुक्तानी गर्न सक्षम हुने जनाएको छ ।

दराजले चाँडै नै १०० भन्दा बढी नबिल स्मार्ट पोस मार्फत आफ्ना ग्राहकहरूलाई भुक्तानी सुविधा प्रदान गर्न पनि बताएको छ ।

त्यस्तै, आइमार्कले बैंकलाई ४ हजार भन्दा बढी नबिल स्मार्ट पोस उपलब्ध गराएको छ । साथै जसले सुरक्षित भुक्तानी समाधानका साथै स्मार्टफोन जस्तै हरेक अनुभवको लाभ प्रदान गर्ने कम्पनीको भनाई छ ।

नबिल बैंकले पोसको क्षेत्रमा दराज र आइमार्कसंँग सहकार्य गर्न पाउँदा खुशी व्यक्त गरेको जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *