ह्वावेको ग्लोबल फ्ल्यागशि ‘सीड्स फर द फ्युचर’ कार्यक्रम सम्पन्न

काठमाडौं । ह्वावेले यस वर्षको ‘सीड्स फर दफ्युचर’ ग्लोबल फ्ल्यागसिप कार्यक्रम सम्पन्न गरेको छ ।

नेपालमा पहिलो पटक आयोजना भएको कार्यक्रममा ९ विभिन्न आइसिटी ब्याकग्राउण्डबाट आएका विद्यार्थी सहभागी भएका थिए । यस कार्यक्रममा ८ विश्वविद्यालय र १३ शैक्षिक संस्थाका १९ विद्यार्थीले सहभागिता जनाएका थिए ।

कार्यक्रमका प्रमुख अतिथि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका माननीय मन्त्री देवेन्द्र पौडेलले प्रमाणपत्र प्रदान गरेका थिए ।

अक्टोबर ६ र नोभेम्बर ७ बिच ह्वावेले आफ्नो आवेदन पोर्टल सीड्स नेपाल डटकममा नेपालभरबाट १३६ आवेदन प्राप्त गरेको थियो ।

जुन सबै स्नातक विद्यार्थीहरूको लागि खुला गरिएको थियो । प्रतिस्पर्धात्मक छनोट प्रक्रियापछि प्रतिष्ठित आइसिटी प्रोफेसरहरू मिलेर बनेको सीड्स फर द फ्युचर समितिले काठमाडौं उपत्यका बाहिरका ४ जनासहित १९ विद्यार्थीलाई छनोट गरेको थियो ।

र ती विद्यार्थीले अन्तर्राष्ट्रिय साथीहरूसँग ८ दिने अनलाइन तालिममा भाग लिएको कम्पनीले बताएको छ ।

सीड्स फर द फ्युचर पहिलो पटक थाइल्यान्डमा २००८ मा सुरु भएको थियो । त्यसयता १३० देश र क्षेत्रका ९ हजार भन्दा बढी विद्यार्थीहरूले कार्यक्रममा भाग लिई सकेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *