माओवादी सम्मेलनमा १,५३३ प्रतिनिधि सहभागी हुने

अतिथि नबाेलाइने

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) को राष्ट्रिय सम्मेलनमा १ हजार ५ सय ३३ प्रतिनिधि सहभागी हुने भएका छन् । पुस ११ देखि १३ गतेसम्म चल्ने प्रथम राष्ट्रिय सम्मेनलमा विभिन्न क्षेत्रबाट १ हजार ५ सय ३३ प्रतिनिधि सहभागी हुने पार्टी प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए ।

उनकाअनुसार प्रदेशबाट प्रतिनिधित्व गर्ने संख्या ८ सय ३ हुने छ । त्यस्तै आयोजकका तर्फबाट १ सय ७९ हुने छन् । त्यस्तै सल्लाहकारबाट १ सय ४९ हुने छन् ।
केन्द्रीय प्रतिनिधि २७ जना हुने छन् भने ज्येष्ठ कम्युनिष्ट मञ्चबाट १ सय २५ जना प्रतिनिधि हुने छन् । जम्मा प्रतिनिधिको ५ प्रतिशत ७३ जना मनोनीत हुने छन् ।

केन्द्रीय विभागबाट १ सय २ र आयोगबाट ७५ जना प्रतिनिधि हुनेछन् । महराले मनोनीत प्रतिनिधिमा पूर्वजनमुक्ति सेना, अन्य पार्टीबाट एकतामा आएका र छुटेकाहरू हुने बताएका छन् ।

महाधिवशेन नभइ राष्ट्रिय सम्मेलन भएकाले देशभित्र र बाहिरबाट कुनै पनि अतिथिलाई आमन्त्रित नगर्ने उनले बताए । भक्तपुर, ललितपुर र काठमाडौंका प्रवेशद्वारमा स्वागतद्वार राख्ने माओवादीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *