एमसीसी अध्ययन कार्यदलको बैठक जारी

काठमाडौँ । एमसीसीबारे अध्ययन गर्न बनेकाे कार्यदलको पहिलो बैठक शुरू भएकाे छ । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालको नेतृत्वमा बनेको कार्यदलकाे बैठक उनकै निवास डल्लुमा बसिरहेकाे छ ।

प्रधान मन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले एमसीसी संसद्‌मा पेस गर्न चाहेपछि सत्तारुढ गठबन्धनले कार्यदल बनाएकाे थियाे । गठबन्धनमा कांग्रेसबाहेकका दलहरू एमसीसी यथास्थितिमा पारित हुन नहुने पक्षमा छन् ।

खनालकाे नेतृत्वमा बनेकाे कार्यदलमा सञ्चारमन्त्रीसमेत रहेका कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्की र माओवादी नेता नारायणकाजी श्रेष्ठ सदस्य छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *