कांग्रेसको प्रदेश २ अधिवेशनमा झडप
मकालु खबर
२०७८ पुस ७ गते
काठमाडाैँ । नेपाली कांग्रेसको प्रदेश २ समितिको मतदानको विषयलाई लिएर दुई समूहबीच झडप भएको छ । सभापतिका उम्मेदवार कृष्ण यादव र रामसरोज यादव पक्षबीच झडप भएकाे हाे ।
जनकपुरधाममा भइरहेको अधिवेशनमा संस्थापन पक्षका उम्मेदवार कृष्ण यादवले बुधबार नै मतदान गर्नुपर्ने र विमलेन्द्र निधि पक्षका उम्मेदवार रामसरोज यादवले बिहीबारका लागि निर्वाचन सार्नुपर्ने भनेपछि विवाद भएको हो ।
यसपछि चुनाव राेकिएकाे छ ।
मकालु खबर
२०७८ पुस ७ गते
प्रतिक्रिया
सम्बन्धित