सानिमा बैंकको प्रमुख कार्यकारी अधिकृतमा पाण्डे

काठमाडौँ । सानिमा बैंकको प्रमुख कार्यकारी अधिकृतमा निश्चलराज पाण्डे नियुक्त भएका छन् । २०७८ माघ १२ गतेदेखि लागू हुने गरी बैंकको सञ्चालक समितिले पाण्डेलाई प्रमुख कार्यकारी अधिकृत नियुक्त गरेको हो ।

२०७० सालदेखि सानिमा बैंकमा कार्यरत पाण्डे २०७८ असोजदेखि सानिमा बैंककै नायव प्रमुख कार्यकारी अधिकृतमा बढुवा भएका थिए ।

बैंकिङ क्षेत्रमा २६ वर्ष अनुभव सङ्गालेका पाण्डे यसअघि नबिल बैंकमा थिए । नबिलमा उनले १८ बर्ष काम गरेका छन् ।

बैंकका वर्तमान प्रमुख कार्यकारी अधिकृत भुवन दहाल यहि माघ ११ गतेबाट अवकाश हुँदैछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *