प्रधान न्यायाधीशलाई सरकारी वकिलको पनि बहिष्कार !

काठमाडौँ । प्रधान न्यायाधीश चोलेन्द्रशमशेर जबरालाई सरकारी वकिलहरूले पनि अव्यक्त रूपमा बहिस्कार गरेका छन् । आज महान्यायाधिवक्ता कार्यालयको ७१औँ स्थापना दिवस हो ।

दिउँसो ३ बजे काठमाडौँ आयोजित कार्यक्रममा प्रधान मन्त्री शेरबहादुर देउवालाई प्रमुख अतिथि बनाइएको छ । तर प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबरालाई भने बोलाइएको छैन । बरु बार अध्यक्ष चण्डेश्वर श्रेष्ठलाई बोलाइएको छ भने कानूनमन्त्री पनि आमन्त्रित छन् ।

सर्वोच्च अदालतकै न्यायाधीशहरू र बारले प्रधानन्यायाधीश जबरालाई घोषित रूपमा नै बहिस्कार गरेका छन् । हालसम्म मौन बसेका सरकारी वकिलहरू र उनीहरूको तालुक निकाय महान्यायाधिवक्ता कार्यालयले पनि प्रधानन्यायाधीश जबरालाई मौनतापूर्वक अस्वीकार गरेको हो ।

यसअघि महान्यायाधिवक्ता कार्यालयले आफ्ना महत्त्वपूर्ण कार्यक्रम र समारोहमा प्रधानन्यायाधीश सहित सर्वोच्च अदालतका न्यायाधीशलाई निम्तो दिने गरेको थियो । गतवर्ष महान्यायाधिवक्ता कार्यालयको भवन उद्घाटन कार्यक्रममा प्रधान न्यायाधीश जबरा सहभागी थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *