क्लासिक टेकद्वारा विभिन्न पदमा थप ६६४ जना कर्मचारी माग
काठमाडौँ । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले विभिन्न पदका लागि ६ सय ६४ कर्मचारी माग गरेको छ । कम्पनीले देशभरका लागि ब्रान्च म्यनाजरदेखि फाइबर टेक्निसियनसम्मका विभिन्न पदमा ६ सय ६४ कर्मचारी मागेको गरेको हो ।
कम्पनीले १२ वर्षमा ७४ वटा जिल्लाका १०३ आउटलेटबाट सेवा सञ्चालन गरिरहेको जनाएको छ । हाल ७४ जिल्लामा सेवा दिँदै आएको क्लासिक टेकले ग्रामीण तथा दुर्गम ठाउँमा समेत इन्टरनेट सेवा पुर्याउने लक्ष्य राखेको जनाएकाे छ ।
कम्पनीले ब्रान्च म्यानेजर २८ जना, फ्रन्ट डेस्क अस्सोसिएट ८० जना , डोर टु डोर सेल्स अस्सोसिएट २५० जना, फाइबर सेल्स अस्सोसिएट (बाइक राइडर २०० जना, फाइबर सुपरभाइजर ६२ जना, एचआर म्यानेजर २ जना , कर्पोरेट म्यानेजर २, कल सेन्टर असाेसिएट ४० जनाका लागि विज्ञापन खाेलेकाे हाे ।
क्लासिक टेकमा रोजगारी गर्न इच्छुक व्यक्तिले यस email- [email protected] मा आफ्नो बायोडाटा पठाउन सक्ने कम्पनीले जनाएकाे छ ।