रवीन्द्र मिश्रलाई सिके राउतको प्रश्न – विचारभन्दा माथि देश कसरी हुन्छ ?
काठमाडौँ । जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रलाई विचारभन्दा माथि देश कसरी हुन्छ भन्दै प्रश्न गरेका छन् । राउतले बिहीबार सामाजिक सञ्जालमार्फत मिश्रलाई देश आफैमा विचारबाट जन्मेको बताउँदै यस्तो प्रश्न गरेका हुन् ।
‘विचारभन्दा माथि देश रे ! साथमा खाल्डे भ्यागुते मिडियाको ताली ! देश आफैँमा विचारबाट जन्मेको हो। पहिला विचार आएको हो, अनि मात्रै देश। अनि विचारभन्दा माथि देश कसरी हुन्छ देश के पृथ्वी उत्पत्ति हुँदा खेरि बनेर आएको थियो र ? कति त यहाँ टिनेएजर्सभन्दा पनि कान्छा छन्।’, उनले लेखेका छन् ।
यस्तै उनले सञ्चारमाध्यमहरूलाई खाल्डे मिडियाको संज्ञा दिँदै मिश्रको उक्त भनाईमा मिडियाले ताली पिटेको समेत आरोप लगाएका छन् । कुनै बेला पृथकतावादी आन्दोलन गर्ने राउत हाल मधेस केन्द्रीत राजनीतिमा सक्रिय छन् ।
विचारभन्दा माथि देश रे! साथमा खाल्डे भ्यागुते मिडियाको ताली! देश आफैंमा विचारबाट जन्मेको हो। पहिला विचार आएको हो, अनि मात्रै देश। अनि विचारभन्दा माथि देश कसरी हुन्छ? देश के पृथ्वी उत्पत्ति हुँदा खेरि बनेर आएको थियो र? कति त यहाँ टिनेएजर्सभन्दा पनि कान्छा छन्।
— Dr. CK Raut (@drckraut) December 23, 2021