नेप्से १२ अकंले बढ्यो, साढे ४ अर्बकाे कारोबार
मकालु खबर
२०७८ पुस ८ गते
काठमाडौँ । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार (नेप्से) परिसूचक १२.५३ अङ्कले बढेको छ । यस दिन कारोबारको अन्तिम समयसम्म नेप्से परिसूचक ०.५० प्रतिशतले बढेर २५२०.२३ बिन्दुमा आइपुगेको हाे ।
सेन्सेटिभ इन्डेक्स ०.१० अङ्कले बढेर ४७७.३६ बिन्दुमा पुगेको छ । कारोबारमा आएका १३ वटा उपसमूहमध्ये सबै उपसमूहका सूचक बढेका छन् ।
बिहीबार २ सय २९ कम्पनीका ८३ लाख २३ हजार ९ सय २३ कित्ता सेयर ४ अर्ब ४९ करोड २६ लाख ६ हजार ४ सय १० रुपैयाँमा खरिदबिक्री भएको छ ।
यस दिन शिखर इन्स्योरेन्स कम्पनी लिमिटेड, जीवन विकास लघुवित्त वित्तीय संस्था र वरुण हाइड्रोपावरको सेयर मूल्य ९ प्रतिशतभन्दा बढीले बढेको छ ।
नारायणी विकास बैंक र नेको इन्स्योरेन्स कम्पनीको सेयर मूल्य ८ प्रतिशत भन्दा बढीले बढेको छ ।
मकालु खबर
२०७८ पुस ८ गते
प्रतिक्रिया
सम्बन्धित