प्रचण्डको विश्वास- एमसीसीकै कारण गठबन्धन टुट्दैन

काठमाडौँ । सत्तारुढ गठबन्धनकाे एक घटक ओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एमसीसीकै कारण गठबन्धन नटुट्ने बताएका छन् । ‘अस्ति गठबन्धनको बैठकमा प्रधान मन्त्रीले पनि सुधारको गुन्जायस छ भन्नुभएको छ,’ न्यूज एजेन्सीसँग कुराकानी गर्दै प्रचण्डले भने, ‘अप्ठेरो नै पर्‍याे भने पनि एमसीसीका कारण गठबन्धन टुट्दैन । टुट्न हुँदैन र टुट्न दिइँदैन ।’

प्रधान मन्त्रीसँग एमसीसीका विषयमा विज्ञहरूसँग छलफल गर्ने विषयमा आफ्नो कुराकानी भएको प्रचण्डले बताए । माओवादी केन्द्रकाे सम्मेलनपछि एमसीसीकाे विषयमा विज्ञहरूसँग छलफल हुने उल्लेख गर्दै प्रचण्डले भने, ‘एमसीसी सम्झौताको आधिकारिक दस्ताबेजमा संसद्‌बाट अनुमोदन हुने भनिएकाे छैन । तर, पछि समावेश गरिएकाे हाे । यसैका कारण आशंका उत्पन्न भएको छ । यो विषयमा जहाँनिर त्रुटि भएको छ, जुन जुन प्रावधानले हामीलाई अप्ठेरो पारेको छ, जरुरी पर्दा त्यसलाई संशोधन पनि गर्नुपर्‍याे, गम्भीर र संवेदनशील विषय भएका कारण राजनीतिक दलहरूबीच अधिकतम सहमति गर्नुपर्‍याे ।’

प्रधान मन्त्री शेरबहादुर देउवाले भने एमसीसी संसद्‌मा पेस गर्नुपर्ने भन्दै पहलसमेत थालेका छन् । सत्तारुढ गठबन्धनमा रहेका कांग्रेसबाहेकका दलहरूले भने यथास्थितिमा एमसीसी संसद्‌मै पनि पेस हुन नहुने धारणा राख्छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *