माधव नेपाल आमसभालाई सम्बोधन गर्न सल्यानमा

कार्यकतालाई भने- समाजवादी नम्बर १ हुन्छ‚ हुन्छ; ढुक्क हुनुहोस्

सुर्खेत । नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपाल सल्यानमा आएका छन् । पुस ९ गते (शुक्रबार) सल्यानमा हुने आम सभालाई सम्बोधन गर्न नेपाल सल्यानमा आएका हुन् । शुक्रबार सल्यानमा जिल्लाको पश्चिमका नेता-कार्यकर्ताबीच भेटघाट तथा चियापान कार्यक्रम अयोजना गरिएको छ ।

बिहीबार सल्यानको सल्ली बजारमा कार्यकर्ताले नेपाललाई भव्य स्वागत गरेका छन् । समाजवादीका कार्यकर्ता तथा शुभचिन्तकहरूले सल्लिबजारदेखि जिल्ला सिमाना धारापानीसम्म मोटरसाइकलको र्‍यालीसमेत निकालेर स्वागत गरेका हुन् ।

उक्त स्वागत तथा भेटघाट कार्यक्रममा कार्यकर्तालाई समाजवादी पार्टी देशकै पहिलो पार्टी हुने बताएका हुन् । नेपालले कार्यकर्तासँगै भेटघाट गर्दै भने‚ ‘हाल देशमा लोकतन्त्र मास्नेहरूको बिगबिगी भइरहेको छ । त्यस्ताको साथ तत्काल छोड्नुपर्दछ, ओलीले कम्युनिस्टको सिद्धान्त, विचार, निष्ठालाई लात हानेर झुट, उखान र टुक्काले पार्टी सञ्चालन गरेका छन् । त्यसैले नेकपा समाजवादी अब देशमा नम्बर १ हुन्छ‚ हुन्छ; ढुक्क हुनुहोस् ।’

नेपालले एमाले अध्यक्ष ओलीले झुटको खेतीबाहेक देशमा अरु केही गर्न नसकेकाले विचारको स्खलनमा एमाले अन्तिम डिलमा पुगेको दाबी गरे । आगामी निर्वाचनमा लोकतान्त्रिक वामपन्थी शक्तिलाई एकताबद्ध भएर लैजाने पक्षमा रहेको र चुनावी गतिविधि बढिरहेकाले सबै पार्टी कार्यकर्तालाई चुनावतर्फ ध्यान केन्द्रित गर्न जोड दिए ।

चुनावहरूको सिलसिला सुरु भएको उल्लेख गर्दै उनले ती चुनावहरूमा आफूहरूले विजय प्राप्त गर्ने दाबी गरेका छन् । नेपालले एकीकृत समाजवादी पार्टीका विभिन्न कामहरू व्यवस्थित हुँदै पालिका, जिल्लाहरूमा कमिटी गठन प्रक्रिया पनि निरन्तर भइरहेको बताएका छन् ।

अध्यक्ष नेपालले देशको रक्षा गर्न एकीकृत समाजवादी पार्टी चिन्तनशील रहेको बताउँदै स्वास्थ्य, शिक्षा, रोजगारी र जनताको हितका विषयमा पार्टी गम्भीर भएर अगाडि बढेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *