कांग्रेस निर्वाचन : आदिवासी जनजातितर्फ चीनकाजी श्रेष्ठको सर्वाधिक मत

काठमाडौँ । नेपाली कांग्रेसको आदिवासी जनजातितर्फ खुला केन्द्रीय सदस्यको मतपरिणाम सार्वजनिक भएको छ ।

मत परिणामअनुसार चीनकाजी श्रेष्ठले सबैभन्दा बढी मत पाउँदा टेकप्रसाद गुरुङ आठौँ नम्बरमा विजयी भएको निर्वाचन समितिले जनाएको छ ।

यो क्लस्टरबाट गोरखाका चीनकाजीसहित चितवनका उमेश श्रेष्ठ, नुवाकोटका बहादुरसिंह लामा, धादिङका दिलमान पाख्रिन, मनाङका टेकबहादुर गुरुङ, सोलुखुम्बुका आङगेलु शेर्पा , संखुवासभाका तारामान गुरुङ र चितवनका टेकप्रसाद गुरुङ केन्द्रीय सदस्यमा विजयी भएका छन् ।

उनीहरूमध्ये टेकप्रसादमात्रै कोइराला प्यानलका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *