राजेन्द्र लिङ्देनले २५ किलोको माला लगाउन नमानेपछि…

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले २५ किलोको माला लगाउन अस्वीकार गरेका छन् । बिहीबार राप्रपा दाङले तुलसीपुरमा आयोजना गरेको सभालाई सम्बोधन गर्न पुगेका लिङ्देनले २५ किलोको माला लगाउन अस्वीकार गरेका हुन् ।

सुभाका लागि बिपी चोक अगाडि सडकमै मञ्च बनाइएको थियो । मञ्चमा राप्रपाका उपाध्यक्ष ध्रुव प्रधान, महामन्त्री धवलशम्शेर जबरा, लुम्बिनी प्रदेशका अध्यक्ष सुदीप उदय, पूर्वमन्त्री प्रेम भण्डारी लगायतका नेता बसेका थिए । त्यहाँ उनीहरूको स्वागतका लागि कपिलवस्तुबाट माला ल्याइएका थिए । सयपत्री फूलको २५/२५ किलोका मालाहरू मञ्चतिर उकाल्दै गर्दा लिङ्देनले अस्वीकार गरे ।

यतिबेला सबै एक अर्काको अनुहारमा हेर्दैथिए । बरु उनले छोएजस्तो गरेर नजिकैको टेबुलमा राख्न इशारा मात्रै गरे । उनले एउटा खादा मात्र लगाए, केही बेरपछि त्यो खादा पनि निकाले । यति बेलासम्म लिङ्देनको गलामा एउटा रुद्राक्षको मालाबाहेक अरू थिएन ।

किन माला नलगाउनुभएको ? भन्ने प्रश्नमा लिङ्देनले भने, ‘मैले काम नै के गरेको छु र यो सुन्दर फूलको माला लगाउनलाई । म यो माला लगाउन लायक अझै भइसकेको छैन ।’ अध्यक्षले नै माला लगाउन नमानेपछि मञ्चमा रहेका अरू नेताले पनि लगाएको माला निकालेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *