माओवादी सम्मेलन : कुन प्रदेशबाट कति प्रतिनिधि ?

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) को प्रथम राष्ट्रिय सम्मेलनमा करिब १ हजार ५०० प्रतिनिधिको सहभागिता रहने भएको छ । आयोजक, सल्लाहकार, ज्येष्ठ कम्युनिष्ट, आयोग, विभाग तथा प्रदेशबाट १ हजार ५३३ प्रतिनिधिको सहभागिता हुने पार्टी प्रवक्ता कृष्णबहादुर महराले बताए ।

सम्मेलनमा आयोजक १७९, सल्लाहकार १४९, ज्येष्ठ कम्युनिष्ट १२५, आयोग ७५, केन्द्रीय विभाग १०२, केन्द्रीय प्रतिनिधि २७ र प्रदेश प्रतिनिधि ८०३ गरी कूल १ हजार ४६० को सहभागिता रहनेछ ।

यसबाहेक जनयुद्धका घाइते, अपाङ्गता भएका व्यक्ति तथा पूर्वजनमुक्ति सेनाका तर्फबाट पाँच प्रतिशत अर्थात् ७३ जना मनोनीत गरिनेछ । सबैभन्दा धेरै बागमती प्रदेशबाट १२८ र कम प्रवास प्रदेश समितिबाट ३४ प्रतिनिधि सहभागी हुनेछन् । प्रदेश नं. २ बाट १०६, लुम्बिनीबाट १०५, प्रदेश नं. १ बाट ९६, कर्णालीबाट ८७, सुदूरपश्चिमबाट ८४, गण्डकीबाट ७४, सम्पर्क समन्वय प्रदेशबाट ४३ र उपत्यका विशेष प्रदेशबाट ४२ प्रतिनिधि सहभागी हुनेछन् ।

माओवादीको राष्ट्रिय सम्मेलन आउँदो ११ देखि १३ गतेसम्म नेपाल प्रज्ञा–प्रतिष्ठानमा हुँदैछ । प्रवक्ता महराकाअनुसार सम्मेलनमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नयाँ क्रान्तिकारी विचार र पार्टी निर्माणका लागि राजीतिक वैचारिक प्रतिवेदन पेस गर्नेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *