अंग्रेजी नयाँ वर्षमा आइएमईले ल्यायो उपहार, जितौँ हजारौँ हजार

काठमाडौ। आइएमई नयाँ वर्षको उपहार, जितौँ हजारौँ हजार भन्ने मूल नाराका साथ आइएमईले क्रिसमस तथा अंग्रेजी नयाँ वर्षको अवसरमा सेवाग्राहीमैत्री स्किम सार्वजनिक गरेको छ ।

स्किम अनुसार सिस्टममा आधारित ‘ लक्की ड्र ’ मार्फत ४ देशहरूबाट ४ जना साप्ताहिक विजेता छनोट गरिने आइएमईले जनाएको छ ।

यसरी छनोटमा परेका प्रति सेवाग्राहीले रू। १० हजार उपहार स्वरूप प्राप्त गर्न सक्ने पनि जनाएको छ । त्यस्तै बम्पर उपहार योजनामा पनि सोही देशहरूबाट ४ जना भाग्यशाली विजेताहरू छनोट गरिनेछन् ।

यसरी छनोटमा परेका प्रति सेवाग्राहीले रू. ४० हजार बम्पर उपहार स्वरूप प्राप्त गर्न सकिने आइएमईको भनाई छ ।

कुवेत, मलेसिया, कतार र संयुक्त अरब इमिरेट्सबाट आइएमई मार्फत नेपाल पैसा पठाउने सेवाग्राहीहरू यो योजनामा सहभागी बन्न पाउनेछन् ।

उक्त योजना २३ डिसेम्बर २०२१ देखि ४ फेब्रुअरी २०२२ ९८ पुस देखि २१ माघ २०७८० सम्म गरी जम्मा ४३ दिन अर्थात् ६ हप्तासम्म कायम हुने कम्पनीले जनाएको छ ।

विजेताहरूको घोषणा सिस्टममा आधारित लक्की ड्र मार्फत गरिनेछ भने सो सम्बन्धी जानकारी कार्यालयका आधिकारिक सामाजिक सञ्जाल र वेभ पेजहरूका अतिरिक्त आम सञ्चार माध्यम मार्फत सार्वजनिक गरिने आइएमईले जानकारी दिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *