टस हारेर फिल्डिङ गर्दै नेपाल

काठमाडौँ । युएईमा शुरु भएको एसीसी यू-१९ एसिया कप क्रिकेटमा नेपालले बंगलादेशविरुद्ध टस हारेर पहिले फिल्डिङ गर्ने भएको छ । प्रतियोगिताको आफ्नो पहिलो खेलमा बंगलादेशले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेसँगै नेपालले पहिले फिल्डिङ गर्ने भएको हो ।

खेल केही समयपछि सारजहा मैदानमा शुरु हुनेछ । जारी प्रतियोगितामा नेपाल अन्डरडगको छवि बनाउने प्रयासमा रहँदा विश्व च्याम्पियन बंगलादेश भने एसिया कपको उपाधि पनि जित्ने ध्याउनमा रहेको छ ।

नेपाल र बंगलादेशबीच भएका पछिल्लो पाँच भेटमा नेपालले बंगलादेशलाई हराउन सकेको छैन । एक खेल खेलनै नभई रुद्ध भएको थियो भने बाँकी चार खेलमा नेपाल पराजित भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *