प्रचण्डको प्रतिवेदनमाथि स्थायी कमिटीमा छलफल हुने

काठमाडौँ।नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रतिवेदन पार्टी स्थायी कमिटी बैठकमा पेस भएको छ । राष्ट्रिय सम्मेलनबारे छलफल गर्न बसेको बैठकमा अध्यक्ष प्रचण्डको प्रतिवेदन पेस भएको र बैठकमा प्रचण्डले संक्षिप्त रूपमा प्रतिवेदन वाचन गरेर पेस गरेको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए ।

प्रतिवेदनमाथि छलफल गर्न शुक्रबार नै दिउँसो तीन बजे फेरि बैठक बस्नेछ । अहिले बैठक स्थगित गरिएको पनि प्रवक्ता महराले जानकारी दिए । पार्टी एकताको कार्यक्रम रहेकाले अहिले बैठक स्थगित गरिएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *