एसियाली सेन्ट्रल जोन भलिबल : नेपालको लगातार दोस्रो जित

२०७८ पुस ९ गते

काठमाडौँ । एसियाली सेन्ट्रल जोन भलिबल च्याम्पियनसिपमा नेपाली महिला टीमले लगातार दोस्रो जित हात पारेको छ ।
ढाकाको मिरपुरस्थित शाहिद शुरवार्दी इन्डोर कोर्टमा शुक्रबार भएको आफ्नो दोस्रो खेलमा नेपालले माल्दिभ्सलाई ३-० को सोझो सेटमा हराएको हो ।
पहिलो सेटबाटै हावी भएको नेपाल अन्तिम सेट सम्म नै उत्कृष्ट लयमा देखियो । नेपालले २५-११, २५-९ र २५-५ को जित निकालेको थियो ।
लगातार दुई जितले नेपालको फाइनल सम्भावना बलियो बनेको छ । यसअघि नेपालले पहिलो खेलमा बिहीबार श्रीलंकासँग ३-२ को सेटमा जित निकालेको थियो । ६ टीम सहभागी प्रतियोगितामा नेपालले शनिबार घरेलु टोली बंगलादेशसँग खेल्नेछ ।

२०७८ पुस ९ गते
प्रतिक्रिया
सम्बन्धित