एमालेकाे सूर्यमा ग्रहण लागिसक्यो : माधव नेपाल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले एमाले इतिहासको विषय भइसकेको टिप्पणी गरेका छन् । पार्टी प्रशिक्षणका लागि सल्यान पुगेका अध्यक्ष नेपालले भने, ‘अब एमाले इतिहासको विषय बनिसक्यो, याे हराइसक्याे । यो काम नलाग्ने पार्टी बनिसक्यो । एमालेमा बसेका साथीहरू पछुताउन थालिसकेका छन् ।’

अध्यक्ष नेपालले एमालेको सूर्य चिह्नमा ग्रहण लागिसकेको बताए । ‘एमाले बढी व्यक्तिवादी भयो, एमाले भनेको केपी ओली भन्ने भएको छ, उनलाई केपी बा भने पुगिहाल्याे,’ अध्यक्ष नेपालले भने, ‘हामीले बनाएको पार्टी नै हो एमाले हो । तर, हामीले विद्रोह गर्‍याैँ । अब भोट कमल चिह्नमा हाल्ने हो, एमाले हराइसक्यो, सूर्यमा त ग्रहण लागिसक्यो ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *