लुम्बिनी विकास बैंकले साढे १३ प्रतिशत लाभांश दिने
काठमाडौँ । लुम्बिनी विकास बैंकले आफ्ना सेयरधनीलाई साढे १३ प्रतिशत लाभांश वितरण गर्ने भएको छ। शुक्रबार भएको बैंकको १४ औं वार्षिक साधारण सभाले उक्त लाभांश प्रस्ताव पारित गरेको हो । साधारणसभाले सेयरधनीलाई १३ प्रतिशत बोनस सेयर र कर प्रयोजनाका लागि ०.६८२४ प्रतिशत नगद लाभांशसहित १३.६८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव समेत पारित गरेको जनाएको छ ।
आ.व. २०७७/७८ को वार्षिक प्रतिवेदन पारित गरी आ.व. २०७८/७९ को लागि लेखापरीक्षकको नियुक्ति लगायतका प्रस्ताव पारित गरेको हो ।
बैंकका सञ्चालक समितिका अध्यक्ष दशरथ रिसालको अध्यक्षतामा सम्पन्न साधारणसभामा बैंकले कोभिड–१९ को परिस्थितिलाई मध्यनजर गर्दै भर्चुअल माध्यमबाट शेयरधनीलाई सहभागी गराएको थियो ।
लुम्बिनी विकास बैंक लिमिटेडले देशभरका ३१ वटा जिल्लामा ७७ शाखाहरु र १७ वटा एटिएमबाट आफ्ना करीब ३ लाख भन्दा बढी ग्राहकलाई उच्चस्तरीय, आधुनिक एवं नविनतम प्रविधिसहितको सुरक्षित बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।