पालिकाको निर्वाचन एकैपटक वैशाख १४ मा गर्न आयोगको प्रस्ताव

काठमाडौँ । निर्वाचन आयोगले पालिकाको निर्वाचन एकैपटक वैशाख १४ गते गर्न सरकारलाई सिफारिस गरेको छ ।

प्रधान मन्त्री शेरबहादुर देउवा र सम्बन्धित मन्त्रालयका मन्त्रीहरूसँग शुक्रबार गरिएको छलफलमा आयोगका पदाधिकारीहरूल‍े सबै पालिकाको निर्वाचन एकैपटक वैशाख १४ गते गर्न प्रस्ताव गरेका हुन् ।

यदि कुनै कारणवश एकैपटक निर्वाचन सम्पन्न गर्न नसकिएमा वैशाख २२ गते अर्को निर्वाचन गर्न सकिने आयोगले जनाएको छ ।

जवाफमा प्रधान मन्त्री देउवाले दलहरूसँग छलफल गरेर आयोगको प्रस्ताव अघि बढाउने बताएका छन् । त्यस्तै आयोगले स्थानीय तहको निर्वाचनमा भोटिङ मेसिनको प्रयोग गर्ने पनि प्रस्ताव गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *