मृत भेटिएका एसएसपी यादवका परिवारलाई भेट्न पुगे गृहमन्त्री खाण

काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाणले मृत अवस्थामा फेला परेका नेपाल प्रहरीका वरिष्ठ उपरीक्षक (एसएसपी) सुशीलकुमार यादवका परिवारसँग भेट गरेका छन् ।

शुक्रबार साँझ घटनास्थलमा पुगेर गृहमन्त्री खाणले एसएसपी यादवका परिवारसँग भेट गरेर घटनाबारे जानकारी लिएका हुन् ।एसएसपी यादव संघीय इकाइ प्रहरी कार्यालय भैरहवाको निवासमै बिहान ११ बजेतिर झुण्डिएको अवस्थामा फेला परेका थिए ।

गृहमन्त्री खाणले उनको मृत्युको कारण खोज्न प्रहरीलाई निर्देशनसमेत दिएका छन् । प्रहरी प्रवक्ता वसन्त कुँवरले घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *