म सबैको सभापति हुँ, निष्पक्ष भएर काम गर्छु : देउवा

काठमाडौँ ।  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीमा सबैलाई समेटेर निष्पक्ष रूपमा काम गर्ने बताएका छन् । शनिबार कांग्रेस मुख्यालय सानेपामा नवनिर्वाचित पदाधिकारीहरूलाई प्रमाण पत्र वितरण कार्यक्रममा बोल्दै सभापति देउवाले यस्तो बताएका हुन् ।

उनले भने, ‘म सबैको प्रतिनिधित्व गरेर पार्टीलाई अगाडि बढाउन चाहन्छु , सबैलाई समेटेर, निष्पक्ष रूपमा काम गर्छु, म सबैको सभापति हुँ, आजैका मितिबाट म त्यो विश्वास दिलाउन चाहन्छु ।’

प्रधान मन्त्री समेत रहेका देउवाले कांग्रेस १४ औँ महाधिवेशनबाट साँच्चिकै लोकतान्त्रिक पार्टी हो भन्ने पुष्टि भएको समेत बताए । उनले पार्टी र आफ्नो अगाडि थुप्रै चुनौतीहरू रहेको पनि उल्लेख गरे । उनले आगामी निर्वाचनमा कांग्रेसलाई सबैभन्दा ठूलो पार्टी बनाउने चुनौती प्रमुख रूपमा रहेको पनि उल्लेख गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *