एमसीसी फर्काउने पक्षमा छैनौँ : प्रचण्ड

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूहरु अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) फिता पठाउनु पर्छ भन्ने प्रक्षमा नरहेको बताएका छन् । उनले राष्ट्रिय हित र जनताको भावनालाई केन्द्र विन्दुमा राखेर एमसीसी परियोजना अगाडि बढ्ने समेत बताए ।  शनिबार बसेको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् ।

‘नेपालको राष्ट्रिय हित र जनताको भावनालाई केन्द्र विन्दुमा राखेर एमसीसी परियोजना अगाडि बढ्छ’ उनले भने, ‘एमसीसीमा प्रश्नहरू उठेका छन्, त्यसको जवाफ दिएर परिमार्जन र संशोधन गरेर अगाडि लगिन्छ।’

उनले एमसीसीबारे उठेका प्रश्नहरूको जवाफसहित परिमार्जन र संशोधन गरेर अगाडि लगिने बताए  । एमसीसीको विषयमा पाँच दलीय गठबन्धन निर्क्यौलमा पुग्न बाँकी रहेको उनले बताए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *