कांग्रेस नेताहरूको वरियता तोकियो, शेखर २० औँ नम्बरमा

काठमाडौँ । कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीका नेताहरूको वरियता क्रम तोकेका छन् ।  शनिबार सभापति देउवाले नेताहरुको वरियता क्रम तोकेका हुन् । वरियता क्रम अनुसार दोस्रो नम्बरमा रामचन्द्र पौडेल छन् ।  यस्तै तेस्रोमा कृष्ण सिटौला परेका छन् । त्यसपछिको वरियताक्रममा भने पदाधिकारी रहेका छन् ।

कांग्रेसमा सभापतिसहित १३ जना पदाधिकारी रहन्छन् । नेताहरु पौडेल र सिटाैला समेत गर्दा शिर्ष १५ नेताको बरियता तोकिएको छ । एक केन्द्रीय सदस्यकाअनुसार त्यसपछि पूर्व महामन्त्री डा शशांक कोइराला, पूर्व काेषाध्यक्ष चित्रलेखा यादव, पूर्वसहमहामन्त्रीहरु अर्जुन नरसिंह केसी, डा. रामशरण महत र सुनिलबहादुर थापालाई राखिएको छ । उनीहरूपछि अन्य दुई नेतालाई राखेर मात्र डा कोइरालालाई राखिएको छ ।
त्यसपछि शेखर कोइरालालाई राखिएको छ।

कांग्रेसमा सभापतिमा पराजित नेतालाई दोस्रो बरियतामा राख्ने प्रचलन थियो । १२ औँ महाधिवेशनमा पराजित देउवा दोस्रो बरियतामा थिए भने १३ औँ महाधिवेशनमा पराजित पौडेललाई दोस्रो बरियतामा राखिएको थियो । कोइराला १४औँ महाधिवेशनमा सभापतिका उम्मेदवार शेरबहादुर देउवासँग दोस्रो चरणको चुनावमा पराजित भएका थिए ।

सभापतिका प्रत्यासि स्वतः केन्द्रीय सदस्य हुने प्रावधान छ । कांग्रेसको १४औँ महाधिवेशनबाट नवनिर्वाचित केन्द्रीय कार्यसमितिको आजकाे बैठक पहिलो हो । वरियता विवादले डा. शेखर केन्द्रीय समिति बैठकमा सहभागी नभएको बुझिएको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *