ओलीले जनमतको दुरुपयोग गरे : माधव नेपाल
मकालु खबर
२०७८ पुस १० गते
काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीले जनमतको दुरुपयोग गरेको बताएका छन् । शनिबार लुम्बिनी प्रदेशमा आयोजित कार्यक्रममा अध्यक्ष नेपालले ओली सरकारका पालामा राजनीतिक बेथिति र चरम भ्रष्टाचार बढेको समेत बताए ।
ओलीमा तत्कालीन नेकपा एकताका बेला प्राप्त दुई तिहाइ बहुमत एक्लैले गर्दा पाएको भन्ने अहंकार हाबी भएको उनले बताए । अध्यक्ष नेपालले अब उत्पादनमा जोड दिनु पर्ने बताए ।
भारतबाट दैनिक करोडौँ रुपैयाँको तरकारी र खाद्यान्न भित्रिने गरेको भन्दै त्यसलाई अन्त्य गर्न उत्पादनमा जोड दिएर मात्र सम्भव हुने उनकाे भनाई छ ।
मकालु खबर
२०७८ पुस १० गते
प्रतिक्रिया
सम्बन्धित