माओवादी महाधिवेशनको उद्घाटन सत्र सर्‍यो, अन्य दललाई पनि निम्ताे

काठमाडौँ ।  नेकपा माओवादी केन्द्रको आठौँ महाधिवेशनको उद्घाटन सत्र सरेको छ । आइतबार दिउँसो १ बजे उद्घाटन हुने भनिएको सम्मेलन ३ बजेलाई सरेको हो । यस्तै माओवादीले उद्घाटन सत्रमा अन्य दलका नेतालाई पनि आमन्त्रण गरेको छ ।

सुरुमा पार्टीको विचार र नीतिमाथि छलफल गर्ने राष्ट्रिय सम्मेलन भएकाले कुनै पनि दललाई नबोलाउने भनेको माओवादीले शनिबार महाधिवेशनमा रूपान्तरण गरेर दलहरूलाई निम्तो पठाएको हो ।

प्रवक्ता कृष्णबहादुर महाराकाअनुसार महाधिवेशनमा दलका शीर्ष नेतालाई आमन्त्रण गरिएको छ । नेपाली कांग्रेस, नेकपा एमाले, जसपा, नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय जनमोर्चा, नेमकिपा, नेकपा माले, राप्रपालगायत दललाई निमन्त्रणा गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *