माओवादीको महाधिवेशन उद्घाटन सत्रमा एमाले अध्यक्ष ओली नजाने

काठमाडौँ । नेकपा माओवादी केन्द्रको आठौँ राष्ट्रिय महाधिवेशनमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नजाने भएका छन् । आफू झापामा भएकाले महाधिवेशनमा उपस्थित हुन नसक्ने अध्यक्ष प्रचण्डलाई जानकारी गराएका हुन् ।

आइतबार बिहान अध्यक्ष प्रचण्डले महाधिवेशन उद्घाटन समारोहमा ओलीलाई फोनमार्फत् निम्तो गरेका थिए । तर ओलीले आफू उपस्थित हुन नसक्ने भन्दै महासचिव शंकर पोखरेललाई पठाउने बताइका थिए ।

यसअघि चितवनमा भएको एमाले दसौँ राष्ट्रिय महाधिवेशनमा पनि प्रचण्ड उपस्थित भएका थिएनन् । उनले माओवादी नेता लीलामणि पोखरेललाई पठाएका थिए ।  माओवादी केन्द्रको आठौँ राष्ट्रिय महाधिवेशनको उद्घाटन आज अपराह्न ३ बजे प्रज्ञा भवन कमलादीमा हुँदै छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *