माओवादीमा १५ पदाधिकारी रहने, वरिष्ठसहित ७ उपाध्यक्ष

काठमाडाैँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले १५ पदाधिकारी राख्ने भएको छ । जारी केन्द्रीय कमिटीमा छलफल भएपश्चात् अनुमाेदन भएकाे निर्णयअनुसार माओवादीमा १५ सदस्यीय पदाधिकारी रहने भएकाे हाे ।

नेता लीलामणि पाेखरेलकाअनुसार केन्द्रीय कमिटी बैठकले पारित गरेकाे निर्णयअनुसार १ अध्यक्ष, १ जना वरिष्ठ उपाध्यक्ष, ६ जना उपाध्यक्ष, १ महासचिव, २ उपमहासचिव, ३ सचिव र १ जना कोषाध्यक्ष रहनेछन् ।

यसअघि प्रथम सम्मेलन गर्ने तयारी गरेको माओवादीले त्यसलाई पनि आठाैं राष्ट्रिय महाधिवेशनमा रुपान्तरण गरेको छ । स्थायी कमिटी बैठकको प्रस्तावलाई आज बसेको केन्द्रीय समिति बैठकले अनुमोदन गरेको हो ।

माओवादीले आइतबार आज महाधिवेशनकाे उद्घाटन गर्दैछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *