यू-१९ एसिया कप : श्रीलंकाद्वारा नेपाललाई ३२३ रनको विशाल लक्ष्य

काठमाडौँ । एसीसी यू–१९ एसिया कप क्रिकेटमा श्रीलंकाले नेपाललाई ३२३ रनको विशाल लक्ष्य दिएको छ । यूएईको सारजाह क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ रोजेको टेस्ट राष्ट्र श्रीलंकाले निर्धारित ५० ओभरमा ४ विकेट गुमाएर ३२२ रन बनाउँदै नेपाललाई ३२३ रनको लक्ष्य दिएको हो ।

श्रीलंकाका सदिसा राजापाक्षले १३१ र चमिन्दु विक्रमासिंगेले १११ रन बनाए । नेपालका मोहम्मद आदिल आलमले २ तथा विवेक यादव र देव खनालले १–१ विकेट लिए ।

नेपालले आजको खेलमा दुर्गेश गुप्ता र अर्जुन कुमालको ठाउँमा शेर मल्ल र बसन्त कार्कीलाई मौका दिएको छ ।

पहिलो खेलमा बंगलादेशसँग १ सय ५४ रनले पराजित भएको नेपाल आज पहिलो जितको खोजीमा छ । अंकविहीन नेपाल समूह बीको पुछारमा छ भने श्रीलंका २ अंक जोडेर दोस्रो स्थानमा छ ।

पछिल्लो पाँच भेटमा नेपालले श्रीलंकासँगको कुनै पनि खेल जित्न सकेको छैन । दुवै समूहबाट शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *