यू-१९ एसिया कप क्रिकेट प्रतियोगिताबाट बाहिरियो नेपाल

काठमाडौँ । नेपाल एसीसी यू-१९ एसिया कपबाट बाहिरिएको छ । दोस्रो खेलमा आइतबार श्रीलंकासँग ६० रनले पराजित भएसँगै नेपाल प्रतियोगिताबाटै बाहिरिएको हो ।

श्रीलंकाले दिएको ३२३ रनको लक्ष्य पछ्याएको नेपाल ४८औँ ओभरमा २ सय ६२ रनमा अलआउट भयो ।

नेपालका अर्जुन साउदले सर्वाधिक ६४ रन बनाए । यस्तै, विवेक यादवले २९ बलमा तीन चौका र तीन छक्कासहित ४६ रन बनाए भने बासिर अहमदले ४३, सन्तोष कार्कीले ३४ र देव खनालले २८ रन बनाए ।

श्रीलंकाको बलिङमा माथिसा पाथिराना र राभिन डी सिल्भाले ३/३ विकेट लिए ।

सारजाहमा टस जितेर ब्याटिङ रोजेको श्रीलंकाले शदिसा राजापाक्षको १ सय ३१ र चामिन्दु विक्रमासिंगे को १ सय ११ रनको मद्दतमा ३२२ रन बनायो ।

नेपालका मोहमद आदिल आलमले २ तथा देव खनाल र विवेक यादवले १/१ विकेट लिए ।

यसअघि नेपाल बंगलादेशसँग १ सय ५४ रनले को नतिजा पराजित भएको थियो । समूहको शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् ।

समूहको अन्तिम खेलमा नेपालले मंगलबार कुवेतसँग खेल्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *