माओवादीको बन्द सत्र सोमबार बिहान ११ बजेबाट
मकालु खबर
२०७८ पुस ११ गते
काठमाडौँ । नेकपा माओवादी केन्द्रको आठौँ महाधिवेशनको बन्द सत्र सोमबार बिहान ११ बजेबाट सुरु हुने भएको छ ।
आइतबार उद्घाटन सम्पन्न भएको महाधिवेशनको बन्द सत्र सोमबार बिहान ११ बजेबाट प्रज्ञा प्रतिष्ठान कमलादीमै सुरु हुने माओवादी केन्द्रले जनाएको छ ।
यसैबीच महाधिवेशनमा सहभागी हुने प्रतिनिधिको संख्या बढेको छ । सुरुमा १५ सय ३१ जना प्रतिनिधी सहभागी हुने तय भए पनि पछि सहभागीको संख्या १७ सयको हाराहारी पुगेको माओवादी केन्द्र केन्द्रीय कार्यालयका मुख्य सचिव श्रीराम ढकालले जानकारी दिए । सबै क्लस्टरलाई मिलाउने क्रममा सहभागी बढेको पनि उनले जानकारी दिए ।
मकालु खबर
२०७८ पुस ११ गते
प्रतिक्रिया
सम्बन्धित