अनेरास्ववियुको राष्ट्रिय महाधिवेशन चैत २२ देखि गर्ने निर्णय

काठमाडौँ । नेकपा एमाले निकटको विद्यार्थी संगठन अनेरास्ववियुको केन्द्रीय सचिवालय बैठक सकिएको छ । पुस १० र ११ गते एमाले अध्यक्ष केपी शर्मा ओलीको गृह जिल्लामा झापाको बिर्तामोडमा भएको बैठकले फागुन ७ गते विधान महाधिवेशन र चैत २२ देखि २४ सम्म २३ औँ राष्ट्रिय महाधिवेशन गर्ने निर्णय गरेको हो ।

यसअघि बुधबार बसेको अनेरास्ववियु केन्द्रीय पदाधिकारीको बैठकले पुस १५ देखि २२ गतेसम्म जिल्ला अधिवेशन गर्ने, पुस २५ देखि माघ २ गतेभित्र विश्वविद्यालय राष्ट्रिय कमिटी सम्मेलन गर्ने र पुस १३ देखि माघ २ गतेसम्म सम्पर्क कमिटी सम्मेलन गर्ने निर्णय गरेको गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *