वामदेवले गरे प्रचण्डको प्रशंसा

काठमाडौँ । पार्टी एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रशंसा गरेका छन् । आफ्नो सचिवालयमार्फत गौतमले प्रचण्डको प्रशंसा गरेका हुन् ।

काठमाडौँको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा आइतबार आयोजित माओवादीको आठौँ महाधिवेशन उद्घाटन समारोहमा प्रचण्डले आलोचना नगरी संक्षिप्त र तर्कयुक्त विचार राखेको भन्दै गौतमले प्रशंसा गरे ।

‘उहाँको मन्तव्यमा एउटा पनि दुर्वचन थिएन । कतिपय पार्टीका नेता दुर्वचनबाट आफ्नो मन्तव्य सुरु गर्छन् र दुर्वचनबाटै मन्तव्य अन्त्य गर्छन् । उनको तुलनामा प्रचण्ड एकदमै सुसंस्कृत र भव्य देखिनुभयो,’ सचिवालयमार्फत गौतमले जारी गरेको वक्तव्यमा भनिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *