अपराजित रहँदै नेपाल फाइनलमा

२०७८ पुस १२ गते

काठमाडौँ । नेपाली राष्ट्रिय महिला भलिबल टिम एसियाली सेन्ट्रल जोन भलिबल प्रतियोगितामा अपराजित रहँदै फाइनल प्रवेश गरेको छ ।
समूह चरणको अन्तिम खेलमा कीर्गिस्थनलाई ३-० को सोझो सेटमा हराउँदै नेपाल अपराजित रहेको हो । यसअघि नेपाल एक खेलअघि नै फाइनल पुगिसकेको थियो ।
बंगलादेशको ढाकास्थित शहीद सुरावर्दी कभर्डहलमा सोमबार भएको खेलमा नेपालले २५-८, २५-१४, २५-१७ को जित हात पार्यो ।
उपाधिका लागि नेपालले मंगलबार उज्वेकिस्तानसँग खेल्नेछ ।

२०७८ पुस १२ गते
प्रतिक्रिया
सम्बन्धित