नेपाल मेडिकल कलेजमा १ महिनाका लागि विभिन्न सेवा निःशुल्क

काठमाडौँ । नेपाल मेडिकल कलेज शिक्षण अस्पतालले पौष १५ देखि माघ १५ गतेसम्मका लागि विभिन्न सेवामा विशेष छुटको व्यवस्था गरेको छ ।

अस्पतालले आकस्मिक र ओपीडी जाँचमा निःशुल्क र जनरल बेडमा भने ५० प्रतिशत छुट दिने भएको हो । अस्पतालका अनुसार यो सेवा एक महिनासम्म सञ्चालन हुनेछ ।

अस्पतालको आइसीयू क्षमता पनि विस्तार हुने जनाएको छ । अस्पतालमा छिट्टै थप २३ शय्याको आइसीयू सञ्चालन गरिने मेडिकल कलेजले जनाएको छ ।

आगामी वर्षभित्र मेडिकल कलेजले अस्पतालमा मुटु रोगको सेवा विस्तारअन्तर्गत क्याथल्याब सेट अप गरेर सञ्चालनमा ल्याउने जानकारी गराएको छ । अस्पतालले आकस्मिक सेवामा चौबिसै घण्टा कन्सल्टेन्टहरूबाट सेवा प्रदान गर्दै आएको अस्पताले जनाएको छ ।

आगामी वर्ष थप अस्पतालमा अपुग सिटी स्क्यान र एमआरआईको सेवा दिने जानकारी दिएको छ ।

मेडिकल कलेजले अस्पताल सेवालाई अझ बढी प्रभावकारी बनाउन मिर्गौला रोग लागेका र क्यान्सर रोगका बिरामीका लागि सहज र सुलभ रूपमा उपचार गरिने जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *