मुक्तिनाथ विकास बैंकको वित्तीय साक्षरता कार्यक्रमहरू सम्पन्न

काठमाडौँ । मुक्तिनाथ विकास बैंक लिमिटेडले बैंकिङ्ग सेवा विस्तार र प्रोत्साहन निम्ति लुम्बिनी प्रदेशका विभिन्न स्थानमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।

बैंकले पुस महिनामा कोटीहवास्थित पशुपति स्कुल र कलेजमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको थियो । कार्यक्रममा स्कुल र कलेजका विद्यार्थी तथा शिक्षक, शिक्षिकाहरूको सहभागिता रहेको बैंकले जानकारी दिएको छ ।

त्यसै गरी बैंकले सुन्वाल–११, जारगहस्थित नेपाल प्रहरी युक्ति ट्रेनिङ्ग सेन्टरमा पनि वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।

त्यहाँ पनि बैंकिङ्ग सेवा सुविधा, डिजिटल बैंकिङ्ग प्रविधि, बचत खातालगायत बैैंकिङ्ग क्षेत्रका विविध आयामबारे जानकारी गराइएको थियो । अभियानबाट स्थानीय तहमै वित्तीय सुविधाबारे चेतना तथा पहुँच विस्तार हुने बैंकको दाबी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *