माओवादी महाधिवेशनः

आजको बन्दसत्रमा के-के भयो ? (भिडिओसहित)

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को ८औं राष्ट्रिय महाधिवेशनअन्तर्गतको पहिलो दिनको बन्दसत्र सकिएको छ । प्रज्ञा भवनमा सम्पन्न पहिलो दिनको बन्दसत्रमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राजनीतिक दस्ताबेज प्रस्तुत गरेका छन् ।

माओवादीले बन्दसत्र शुरू भएपछि ७ सदस्यीय अध्यक्षमण्डल बनाएको छ । वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले सिफारिस गरेको नामलाई ‘फ्लोर’ ले अनुमोदन गरेपछि अध्यक्षमण्डल गठन गरिएको हाे । अध्यक्षमण्डलमा कृष्णबहादुर महरा, गिरिराजमणि पोखरेल, गणेश साह, परशुराम तामाङ, परशुराम रम्तेल, पूर्णाकुमारी सुवेदी र रूपा श्रेष्ठ छन् ।

यसपछि प्रचण्डले आफ्नो राजनीतिक प्रतिवेदन प्रस्तुत गरे भने नेता देव गुरुङले विधान मस्यौदा प्रस्तुत गरे । विधान मस्याैदा भने छलफलका लागि मात्रै भएको प्रवक्ता कृष्णबहादुर महराले बताए । ‘यो पास भएको होइन,’ प्रवक्ता महराले भने, ‘यो छलफलका लागि मात्रै हो । थप छलफल हुन्छ ।’

राजनीतिक प्रतिवेदनमाथि छलफल गर्नका लागि २५ वटा समूह बनाइएको छ । उक्त समूहले मंगलबार (भोलि) छलफल गर्ने र पर्सि बिहानबाट समूहगत जिज्ञासा र प्रश्नहरूकाे सवाल-जबाफ गर्ने प्रवक्ता महराले बताए । उनकाअनुसार प्रचण्डको प्रतिवेदनमा नेपालमा समाजवादी क्रान्ति सम्भव छ भन्ने विषयको व्याख्या गरिएको छ । ‘दस्ताबेजमा श्रमिक प्रधान हुने भन्ने विषयले प्रवेश पाएको छ भने श्रमिकहरूप्रति पार्टी जवाफदेही हुने भन्नेछ,’ प्रवक्ता महराले भनेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *