नेपाल पेमेन्ट सोलुसन्स र समृद्धि फाइनान्स बिच सहकार्य

काठमाडौं । नेपाल पेमेन्ट सोलुसन्सले आफ्नो डिजिटल इकोसिस्टम बिस्तार गर्दै समृद्धि फाइनान्ससँग सहकार्यको लागि सम्झौता गरेको छ ।

नेपाल पेमेन्ट सोलुसन्स् प्रालिको तर्फबाट  प्रताप श्रेष्ठ, प्रमुख अनुभव अधिकारी (सि एक्स ओ) र  सिमन श्रेष्ठ, बिजनेस डेभलपमेन्ट मेनेजर तथा समृद्धि फाइनान्सको तर्फबाट  टिका निधी लोहनी, प्रमुख कार्यकारी अधिकृत ( सिइओ ) र  विनोद राज पौडेल, प्रमुख प्रबन्धकले  आ–आफ्नो संस्थाको प्रतिनिधित्व गर्दै सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन।

सम्झौताको यो विस्तारसँगै नेपाल पेमेन्ट सोलुसन्सले समृद्धि फाइनान्ससँगै आफ्नो डिजिटल इकोसिस्टम विस्तार गर्न सक्ने जनाएको छ ।

 यस सम्झौता अनुसार नेपाल पेमेन्ट सोलुसन्सले समृद्धि फाइनान्ससँग डिजिटल इकोसिस्टम बिस्तार गरेसँगै अब, समृद्धि फाइनान्ससँग आबद्ध ग्राहकहरूले नेपाल पेमेन्ट सोलुसन्सको चेक आउट, वन लिन्क, फन्ड ट्रान्सफर, लिंक अकाउन्ट, लोड वालेट जस्ता सम्पूर्ण सेवाहरू उपयोग गर्न पाउने कम्पनीले जनाएको छ ।

नेपाल पेमेन्ट सोलुसन्सले यी सेवाहरू डिजिटल वालेट, रेमिट्यान्स कम्पनीहरु मार्फत उपलब्ध गराएको जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *